कविता,त्रिशुली बस दुर्घटना

FB_IMG_1509570197150

सन्दर्भ – त्रिशुली बस दुर्घटना
नरुनू – धर्मानन्द भट्ट

यात्रा जीवन हो बुझी सब जना हिन्छन् नयाँ ठाउँमा
फर्किन्नन् जिउँदै सबै घर बुझौं बोके नि स्वप्ना मुमा ।
यस्तै चाल भयो खसी बस नदी बाँचेनँ आमा म नि
ए आमा, नरुनू कुनै पल तिमी फर्केन छोरा भनी ।।

यात्राको पथमा मिली सय वटा हाँस्दै गुडेका थियौं
तीर्खा मेट्न भनी गई तट नदी पानी घुटुक्कै पियौं ।
बीसौंसाथ त्यही पवित्र जलले तान्यो मलाई पनि
एबाबा, नरुनू बसी गुडमहाँ फर्केन छोरा भनी ।।

छोरा काख थियो म आड सिटमा पत्नी बसेकी थिई
यौटेै प्राण बुझी जुनै बखतमा छोरी उसैले लिई ।
आयो काल त्यही सबै फलहरू झार्ने झटारो बनी
झर्दा प्याट्ट फुट्यो सुनेर नरुनू बाँचेन छोरा भनी ।।

मेरो बंश यहाँ रहेन नभनी बस्नू खुशी भै अब
ए आमा,जननी म हूँ भनिकनै आफ्नै बुझे है सब ।
झर्छन् फूल सबै तिमी अब बुझे संसार यस्तै छ नि
हाँस्नू है नरुनू नि फूलरुपि त्यो बाँचेन छोरा भनी ।।

मेरो सोच थियो तिमीसित बसूँ त्यो सोच त्यस्तै भयो
पापी काल छिटै रुवाइ घर नै हाँस्दै टुपुक्कै लयो ।
कैलै भोक सही कतै नबस है रोएर दु:खी बनी
बाँच्नैपर्छ छँदा बुझेर नरुनू बाँंचेन छोरा भनी ।।

छन्द : शार्दूलविक्रीडित
रचना मिति : वि.सं. २०७४/०७/१५ गते राति ८:३० बजे ।

साभार फेसबूक  ग्रुप छन्द चौतारी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close