हार्दिक अपिल

FB_IMG_1509531276684.jpg

गर्न हुँदैन , गर्न दिदैन , फलानो यस्तो फलानो उस्तो भन्दैमा पुस्तौ बितिसक्छ ,फलानो यस्तो , फलानो उस्तो भन्दैमा फेरि त्रिशुलीको पानीमा अर्को बस खसिसक्छ । आदर्श कुरा मात्र गरेर हुँदैन आदर्श कुरालाई व्यवहारमा उतार्न कसरत गर्नैपर्छ । शुरुवाती चरणमा । भोट हाल्न हामी कुदेकै हो । त्रिशुली सुरक्षा पर्खाल अभियानमा करोडौ जुट्छ । करोडौं जुटाउनु अब ठुलो कुरो नहोला स्पष्ट कार्यनीति भयो भने तर सरकारको ढिलासुस्ती अनि कोहि बोलिरहने गर्न नखोज्ने कोहि चाहेर पनि अवसर नपाउने कोहि ज्ञान भएर पनि निति नियमबाट अप्ठ्यारोमा परिरहने आदि इत्यादि होला । यति हुदाहुदै पनि हामी लागिरहनु पर्दछ । कोहि पनि त्रिशुलीको पानीमा डुबेर मर्नुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ
। यदि कुनैपनी देशमा भएका कुनै संघ संस्थाहरु व्यक्तिहरुले दुर्घटना एवम त्रिशुली प्राविधिकहरुको तत्कालको लागी थोरै भएपनि र एउटा आकार दिनको लागि भएपनि शुरूवातमा प्राविधिक भेला गराउन जुनसुकै देशमा तयार हुनुहुन्छ भने म त्यहाँ आएर त्रिशुली सुरक्षा पर्खाल अभियानबारे बताउन तयार छु । यदि तपाइहरु बिज्ञहरु पोल्यान्डमै भेला गराउन चाहनुहुन्छ भने म सहजीकरण गर्न तयार हुनेछु । होइन नेपालमै गर्ने हो भनेपनि यो कामको लागी सहजीकरण गर्न हिम्मत राख्ने संघ संस्था कोहि हुनुहुन्छ भने हामी आउन तयार छौ ।विदेशमै प्रारम्भिक चरणमा प्राविधिक भेला गराउने हो भने बहस गरौं जसरी हुन्छ त्रिशुलीको पानीमा मान्छे डुबेर मर्नुपर्ने अवस्थाको अन्त्य गरेरै छाडौं ।शुरूवातमा एन आर एन प्रतिनिधि
नेपाल सरकार बिज्ञ प्रतिनिधि
यातायात मन्त्रालय बिज्ञ प्रतिनिधि
ट्राफिक बिज्ञ
त्रिशुली बिज्ञ
नेपाल ड्राइभर प्रमुख बिज्ञ
सफ्ट्वेयर बिज्ञ
नेपाली सेना बिज्ञ
नेपाल प्रहरी बिज्ञ देशलाई माया गर्ने हरेक देशबाट दुर्घटना सम्बन्धित र कसरी त्रिशुलीको पानीमा डुबेर मान्छे रोक्न सकिन्छ त्यो बारे बहस गर्न तयार बिज्ञहरु , त्रिशुली पत्रकार बिज्ञ बुद्दीजिविहरुको भेला गर्नको लागी र यो काम गर्नको लागि साथ दिन व्यक्तिहरू संस्थाहरुको खोजीमा छु । तपाइँ हामी मिले कसो सम्भव नहोला र ? कहिलेकाही गाली नगरेर खुरुखुरु निश्वार्थ भावले काम गरे कसो देश नबन्ला र ? त्रिशुलीको पानीमा मान्छे मर्नबाट जोगाउन सकियो भने पानी अभियानको अर्को उद्देश्य पुरा हुनेछ। बरु पछि बहस गरेर त्रिशुली पानी अभियान राखौला । मैले पानी पिउनको लागि निमन्त्रणा गरेको गाउँमा जाने बाटो पनि त्रिशुली नै हो । #जयहोस

मित्रलाल पार्दे

पोल्यान्ड

पानीअभियानकर्ता

1 thought on “हार्दिक अपिल

  1. राम्रो छ
    लागौ all is possible

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close