कसरी जन्म भो त्रिशुली सुरक्षा पर्खाल अभियान ?

ab277c1a889e50293374ccc552a2309e

कसरी जन्म भो त्रिशुली सुरक्षा पर्खाल अभियान ?

बिदेश बस्नेहरु गुलामी मात्र गर्दैनन् देशको लागी पनि सोच्छन् ।सबै बिदेशमा बस्ने नेपालीहरु नेपाल बिर्सदैनन् । भावनात्मक रूपमा भएपनि देशसित सम्बन्ध गास्छन । सकेको गर्छन् नसके देशको कुभलो सोच्दैनन् ।म डेनमार्क जादै थिए माल्मोबाट कोपन्हेगन त्यहाँ पुल देखे जुन पुल समुन्द्र मुनिबाट छ । ३५ मिनेटको यात्रा छ । यहाँ समुन्द्र मुनिबाट खरबौ लाग्ने पुल तयार हुन सक्ने अनि त्यहीँ पुल हेर्न हजारौ लाखौं खर्च गर्ने हामी लिलिपुटका मान्छेहरु । यस्तै पुल नबनाए पनि त्रिशुलीको पानीमा बस खस्नबाट रोक्ने उपाय किन सकिदैन ? त्यो कल्पना उतिखेरै गरेको थिए तर केहि दिन अघि बस खस्यो सोचे गाउँ मात्र होइन देशको लागी सोच्नुपर्छ ।म जस्तोसुकै परिवेशमा हुर्केको मान्छे हु तर देशको लागी सोच्नुपर्छ ।

म लगातार दुई वर्ष देखि पानी भनेर गाउँको लागी चिल्ल्याए भने देशको लागी किन नचिल्ल्याउने।एक दिन आखिर दुनियाँले बुझ्छ नै ।पानी अभियानले रेखा पनि कोरिरहेको छ र अभियानले बाटो पनि निर्माण गरिसक्यो अब त ८०० परिवारको भुमिका मात्र पानी अभियानमा अलि अलि भैरह्यो भने पनि पानी अभियानको उक्त गाउँमा उद्देश्य पुरा हुने बाटोमा जान्छ ।हरेक घर धारो र हरेक गाउँ सिंचाइ उक्त गाउँको मात्र नासो होइन ।विश्वकै साझा नासो हो । ती सयौं परिवारलाई अभियानको अपनत्वको लागी पनि सुम्पिनु मेरो कर्तव्य हो तर अभियानको नारा पुरा नहुदा सम्म जीवनभर लडिरहने मेरो ठुलो चाहना हो । मेरो गाउँ त्यती गरिब त छैन कसैले जिवनभर पानीको लागी भिख मागिरहनु पर्ने म कुनै लोभ स्वार्थले हिडेको पनि होइन नि शुरूवात मेरो गाउँ हो अब अरु गाउँमा सन्चालन गर्ने हो ।जनता जगाउने हो ।अनि सरकारले पनि योजना पारेको अवस्थामा केहि समय हेर्नुपर्छ पनि ।पानी अभियान शुरु भएपछि सरकारको पनि योजना पारेको छ हेरौ नारा पुरा गर्छ कि नाइँ ? पानी अभियानको नाममा उधारो सहयोग घोषणा गरेकाहरु कृपया नामको लागी घोषणा नगरिदिनुहोला। घोषणा भनेपछि त्यो पुग्नुपर्यो आफुले आफैलाई नागरिक भन्ने अनि सरकारले ढिलो गर्यो भनेर कुर्लने तर घोषणा गरेका उधारा रकम सामाजिक काममा वर्ष बितिसक्दा पनि नदिने अनि देश कसरी बन्छ ? सरकार कसरी चाडो काम गर्छ ? हामी नागरिकहरूले नै त हो सरकार निर्माण गर्ने फलानोले गर्छ म पनि भागिदार बन्छु भनेर काम गर्ने हो भने सफल हुन्छौ । एक्काइसौं शताब्दी हो आखिर सबैको मन मिल्यो भने अभियान महाअभियान बनेर कुद्न के भो र ? यो कुनै तरकारीवाला जस्तो भाइरल काम पनि होइन एक जनाको एउटै क्षेत्रको भाइरल हुने !यो त हरेक जनताको विश्वकै सवाल हो ।एक पटक भाइरल भएपछि युगौ युग जिवन्त हुने अभियान हो पानी अभियान ।
त्रिशुली सुरक्षा पर्खाल अभियान अन्य गाउँमा पानी अभियान सन्चालन गर्नको लागी धरोहर हो ।
माल्मो कोपनहेगन पुल देखेर पुगेर नै मेरो मनमा ” त्रिशुली सुरक्षा पर्खाल अभियान ” सम्भव छ भन्ने सोचेको थिए र जब ३१ जना त्रिशुलीमा बस खसेर मरे अनि यो अभियानलाई अगाडि सार्न बाध्य भए र यो अभियान सफल पार्ने हो भने नेपाल अधिराज्य भरि पानी अभियानको मर्म बुझाउन सकिन्थ्यो भनेर नै घोषणा गरेको हो । त्यही पुल हेर्न लाखौं खर्च गर्ने हामीहरु त्यस्तै निर्माण गर्न नसकेपनि त्रिशुलीको पानीमा बस डुब्नबाट बचाउन सकिन्छ बरु एक गास नखाएर भएपनि पानी अभियानकै रुप त्रिशुली सुरक्षा पर्खाल अभियानको भागिदार बनेर यात्रामा पानीमा डुबेर मर्नु पर्ने युगको अन्त्य गरौं । मात्र मुठी खोले पुग्छ , ओठ बोले पुग्छ । कर्म गर्न हातहरु हजारौं छन् ।

मित्रलाल पार्दे

पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close