“देशमा ट्राफिक नियम दरो बनाउनु पर्छ , ” त्रिलोचन देवकोटा त्रिशुली यात्री लमही दाङ

FB_IMG_1510422177144

त्रिलोचन देवकोटा लमही दाङ हाल पुने भारत

फराकिलो बाटो बनाउने , जोखिम एरिया मा तारजाली सहित पर्खाल लगाउनु पर्यो या त्यस्ता ठाउँहरु मा ठाउँ विशेष लाई ध्यान दिदै फ्लाई ओभर पूल निर्माण गर्नु पर्छ र अन्य अझै विकसित देश का आधारशिला छन भने ल्याउनु पर्यो ।

ट्राफिक नियम कानून को बारे मा एउटा विषय नै पाठ्यक्रम मा समाबेश हुनुपर्छ त्यो पनि lkg बाटै शुरुआत होओस भन्ने मेरो बुझाइ छ जब बालबालिका को खुट्टा ले हिंड्न् शुरुआत गर्छ उसलाई सडक को आब्स्यकता पर्छ भने ट्राफिक नियम कानून त सबै ले जान्नै पर्यो मेरो बुझाइ ।

गाउले केटा ड्राइभर बन्छ अनि साहु को गाडी मा ड्राइभर बन्छ अनि उसलाई हवाईजहाज उडाएको झै अभिमान पनि नेपालीहरु मा छ तसर्थ यस्मा पनि समाज ले ध्यानाकर्षण गराउन जरुरी छ । त्यसैले देश मा ट्राफिक नियम कानून दरो बनाउनु पर्छ । कार्बाही सर्वसाधारण र मन्त्रीलाई  एउटै किसिम ले हुनु पर्यो अनि मात्र!सम्भव छ दुर्घटना 0 मा झार्ने हाम्रो अभियान ।

सबै लाई घच्घच्याउनु पर्छ मित्रहरू सुतेका लाई बिउँझाउनु पर्यो हामी विदेश मा बस्ने ५० लाख युवा ले शुरुआत गरेपनि  यो कार्य सफल हुन्छ ।

NRN नेपाली ले प्रोत्साहन दिनु पर्छ यस्कार्य को लागि ताकि नेपाली को ज्यान बचोस दुर्घटना 0 मा आउने छ ।

NRN नेपाली कै अगुवाई मा यो कार्य सम्भव छ बरु चाडो विज्ञ पठाउनु स्थलगत अबलोकन गराउन लाई अनि निचोड र बहस गरौंला ।

नेपाल मा धनी हुने खाने ले त गरिब र सर्वसाधारण सङ्ग बोल्नै चाहदैनन् सर यहीँ संस्कार हटाउने काम विदेश बाटै शुरुआत गर्नु पर्छ सर्वसाधारण को साथ मा सिक्न आएमा ऊनीहरु को मूल्य कम हुन्छ भन्ने सोचाइ हुन्छ ।

चालक र सहचालकहरु लाई आफ्नो पेशा को ख्याल गरि गाडी चलाउछन भने त्याहा बाट पनि केही कमि हुन्छ । अर्को कुरो सिट भन्दा धेरै यात्रु बोक्नाले पनि दुर्घटना बढ्ने  गरेको छ ,छत मा पनि  व्यापारीका सामन बोक्ने चलन बन्द गर्नु पर्छ अनि 0 को लागि केही हुन्छ ।

ट्राफिक ज्ञान , शिक्षा को कमि छ नेपालीहरु लाई ट्राफिक स्कुल मा २/३ महिना को कोर्स राख्नु पर्यो निशुल्क अनि त्यहाँ बाट ४०% कम हुनेछ ।

यस त्रिशुली पर्खाल अभियानमामा जोडिएका हामी सबै को इच्छाशक्ति भयो भने हामि यस  कार्य मा सफल हुन्छौं ।

देश का समस्याहरु सङ्ग जुझ्न विदेश बाट युवाहरू पनि सकृय हुनु पर्यो ।

 

त्रिशुलि जहाँ बारम्बार गाडी दुर्घटना हुन्छ त्यस लाई 0 मा ल्याउन त्यस स्थान को visit गर्न जरुरी देख्दछु किनकि त्यहा २४ घन्टा नै बुझ्न जरुरी छ अनि मात्र त्यहा को रहस्य थाहा हुनेछ । तत पश्चात् वाल को लागि निचोड मा पुग्न सकिनेछ ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close